सरकारले शान्ति प्रक्रियाका बाँकी कामबारे ध्यान देओस् : सांसद पाण्डे

लोकपथ
7
Shares
sf7df8f}F, % df3M k|ltlglw;ef a}7sdf ;f+;b kf08] k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf dGtJo /fVg’x’Fb} g]skf -dfcf]jfbL s]G›_sf ;f+;b lxt/fh kf08] . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शान्ति प्रक्रियाको बाँकी प्रक्रिया टुंग्याउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बेपत्ता परिवारको पीडालाई ध्यान दिएर काम तत्काल अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउन र बेपत्ता योद्धाहरू अहिलेसम्म पनि सार्वजनिक भएको छैनन् बेपत्ता परिवारका पीडालाई ध्यान दिएर यो काम अविलम्ब अगाडि बढाउन म सरकारको सभामुख मार्फत् ध्यानाकर्षण गराउँछु ।’
उनले बन्द अवस्थामा रहेका उद्योगहरु पनि अविलम्ब सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।

उनले भने, ‘गोरखा जिल्लाको पालुंगटार नगरपालिका वडा नं. ७ स्थित च्यांग्लीटारमा कृषि आंगिक क्याम्पस सञ्चालनको लागि धेरै पहिलेदेखि निर्णय भएको थियो । अहिलेसम्म पनि त्यो सञ्चालनमा आएको छैन । अविलम्ब त्यसको सञ्चालनका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

यसका साथसाथै, गोरकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना लगायतका रुग्न उद्योगहरुलाई सञ्चालन गरेर हाम्रो आयात अलिकति भएपनि वृद्धि गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?