विश्वप्रकाशले भने- ‘आत्महत्या न्यूनीकरणका लागि यी चार काम गरौं’

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आत्महत्या न्यूनीकरणका लागि सरकार समक्ष ४ गहन विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी रहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले आत्महत्या न्यूनीकरणका लागि राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्यका लागि गम्भीर विमर्शको आवश्यकता रहेको बताएका हुन् ।

‘यी ४ गहन बिषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ,’ शर्माले भने, ‘सम्माननिय सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु।’

उनले संसद भवन बाहिर माघ १० गते आत्महत्या गरेका इलामका प्रेमप्रसाद आचार्यको घर पुगेर फर्किएको बताउँदै सुन्नेका लागि आत्महत्या केवल एउटा मृत्यु भए पनि भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?