काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सरकारले यातायात मजदुरले गरेको आन्दोलनलाई नियन्त्रणमा लिन नसकेको भन्दै सरकारको विरोध गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले यो देशमा सरकार छ या छैन भनी प्रश्न गरे । उनले भने, ‘ सभामुख महोदय यो देशमा सरकार छ या छैन । यदि सरकार छ भने, प्रधनमन्त्री निवास भन्दा जम्मा तीन किलोमिटर भन्दा अगाडी लूटपाट हुन्छ । प्रहरी निकम्मा भएर हेरिरहेको छ । यदि सरकार छ भने, आज दिन दहाडै लूटपाट भइरहन्छ । सरकार छ भने करोडौं लगानी गरेका व्यावसायी किन डुब्दैछन् ?
उनले मजदुरका लागि ऐन नभएको बताउँदै आन्दोलनमा नाममा भएको लूटपाट गर्नेमाथि कारबाही गर्न माग गरे । उनले भने, ‘आन्दोलनमा नाममा भएको लूटपाट गर्नेमाथि तत्काल कारबाही गरि अगाडि बढाइयोस् । यदि सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने आज को हो ? अर्काे कुरा म सरकारलाई भन्न चाहान्छु र यो देशमा गृह मन्त्रालयको संयन्त्र छ तर, गृहमन्त्रालय किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालय हुने हाे भने अरु मन्त्रालय किन बनाएको ? सबकासब मन्त्रालय प्रधानमन्त्रीलाई दिएर खाली गरे भैगो ।
किनभने देशमा लूटतन्त्र हाबी भएको छ । लोकतन्त्रमा नाममा लूटतन्त्र गर्न पाइदैन । यो संसारका कुनै देशमा देखिने दृश्य जस्तो हिजो गोंगबुमा देखियो । तिनकालाई तत्काल कारबाही गरि अगाडि बढाइयोस् र गृहमन्त्री तत्काल नियुक्ति गरियोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया