सांसद सुवालले भने ‘जनयुद्ध दिवसको उपलब्धि के हो र बिदा दिइयो ?’

लोकपथ
35
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका प्रतिनिसभाका सांसद प्रेम सुवालले सरकारले जनयुद्ध दिवसमा बिदा दिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकको विषेश समयमा बोल्दै सांसद सुवालले संविधानमा नै व्यवस्था नभएको जनयुद्ध शब्दमा बिदा दिनु उपयुक्त नभएको बताएका हुन् ।

‘संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन । तर, सरकारले जनयुद्ध दिवसमा बिदा दियो ।’ उनले भने, ‘जनयुद्ध दिवसको उपलब्धि के हो ? कृषि, स्वास्थ्य रोजगारी, शिक्षा, उर्जा, देशको सुरक्षा परनिर्भरता बनाउनु जनयुद्धको उपलब्धि हो र ?

उनले राष्ट्रपतिको भ्रमणमा शितलनिवासबाट बानेश्वरको यात्रासम्मका म आफै २ घण्टा जाममा फसेकोसमेत बताए । उनले भने, ‘राष्ट्रपतिको यात्राका क्रममा लाखौंलाख जनतालाई सास्ती भयो । राष्ट्रपतिको यात्रामा सडक जाम नहुने गरी गृहमन्त्रीको जिम्मेवारी लिन प्रधानमन्त्री ज्यूले किन सक्नुभएन ? के नेपालमा राणा शासनको त्यही बिदा फेरि शुरु भएको हो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?