संवैधानिक नियुक्तिविरुद्ध मुद्धाको पालो पछि तोकिँदा आज सुनवाइ हुनेमा आशंका

लोकपथ
63
Shares

काठमाडौं । केपी ओली नेतृत्वको सरकारका समयमा नियुक्त गरिएका विभिन्न संवैधानिक निकायमा पदाधिकारीविरुद्धको मुद्दामाथि आज बुधबार सुनुवाई नहुने भएको छ ।

सर्वोच्च अदालत प्रशासनले अरु २० वटा मुद्दापछि मात्रै त्यो मुद्दा सुनुवाइका लागि पालो तोकेको छ । २० वटा मुद्दापछिमात्रै पालो तोकिएपछि आजै यसमुद्दाको सुनुवाइको सम्भावना कम रहेको हो ।

पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको हो ।

केपी ओली प्रधानमन्त्री भएका बेला अध्यादेशमार्फत् संशोधित प्रावधानका आधारमा संवैधानिक परिषदको बैठक राखेर संवैधानिक पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको भन्दै दायर रीटको अन्तिम सुनुवाई तीनरतीन वटा सरकार फेरबदल भइसकेपछि बल्ल भएको हो ।

अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेको मुद्दामा संवैधानिक पदाधिकारीहरुको नियुक्तिका क्रममा कयौं संवैधानिक, कानूनी र प्रक्रियागत त्रुटी रहेको भन्दै नियुक्ति खारेज हुनुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?