माओवादी नेता वर्षमान पुन चीन प्रस्थान

लोकपथ
21
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन प्रस्थान गरेका छन् । उनी फलोअपका लागि मंगलबार चीन प्रस्थान गरेका हुन् ।

वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारका एक् सदस्यले बताए ।

उनले चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा फलोअप जाँच गराउने बताइएको छ । यसअघि पनि उनले सोही अस्पतालमा उपचार गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?