नागरिकले अनुभूति गर्ने किसिमको सुरक्षा हुनुपर्छ : एआईजी सिंह

लोकपथ
28
Shares
k|x/L cltl/Qm dxflg/LIfs ;Daf]wg bdf}nL, @ kmfu’g . lhNnf k|x/L sfof{no tgx’Fdf lgdf{0f ;DkGg ePsf] Jof/]s ejgsf] dªunaf/ pb3f6gkl5 ;Daf]wg ub}{ k|x/L cltl/Qm dxflg/LIfs k”hf l;+x . tl:a/ M s[i0f Gof}kfg], /f;;

तनहुँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले आमनागरिकले सुरक्षाको अनुभूति गर्ने गरी प्रहरी संगठनले सुरक्षा दिनुपर्ने बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँ परिसरभित्र नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले जबसम्म नागरिकले सुरक्षाको प्रत्याभूति गर्न सक्दैन, तबसम्म प्रहरीको सुरक्षा राम्रो मान्न नसकिने बताइन् । उनले भनिन्, ‘भरपर्दो शान्ति सुरक्षा कायम गर्न नागरिक समाजको साथ अपरिहार्य हुन्छ ।’

भौतिक संरचना निर्माण पश्चात शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनीकरणलगायत कार्यसम्पादन गर्न सहज हुने प्रहरी अतिरिक्त महानिरीक्षक सिंहको भनाइ थियो । प्रहरी संगठन राज्यको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनले जीर्ण भवनबाट पनि प्रहरीले कार्यसम्पादन गर्दै आएको बताइन् ।

संघीय सरकारको रु तीन करोड ४६ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि न्यू डागन निर्माण सेवासित २०७६ मङ्सिरमा सम्झौता भएको थियो । यस्तै सिनियर प्रहरी अधिकृत आवास भवन रु एक करोड २६ लाखको लागतमा पब्लिक कन्स्ट्रक्सनले निर्माण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?