काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन शुरु भएको छ ।
मंगलबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोनबाट उद्घाटन गरेका हुन् ।
यसअघि नै अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले महाधिवेशन प्रविधिमैत्री बनाउने बताएकी थिइन् । सोही अनुसार नेतृत्व चयनको लागि इलेक्ट्रीक भोटिङको समेत व्यवस्था गरिएको छ ।
यसअघि एमालेले चितवनमा भएको आफ्नो १०औँ राष्ट्रिय महाधिवेशनमा समेत इलेक्ट्रिक भोटिङ गरेको थियो ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोतीलाल विश्वकर्मा तथा महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।
बिहानसम्म अध्यक्षसहित पदाधिकारीमा सर्वसहमती खोज्ने प्रयास भएको थियो । तर सर्वसम्मत नेतृत्व चयन नहुने संकेतपछि अब भने मतदान नै गर्ने तयारी रहेको एक नेताले बताए ।
हरेक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन २०७२ सालयता हुन सकेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया