गोँगबु–बसपार्कको घटनाको छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । गृह मन्त्रालयले सोमबार गोँगबु– नयाँ बसपार्क क्षेत्रमा भएको घटनाबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

यातायात मजदुरहरुले आन्दोलनका क्रममा प्रहरीको भ्यानमा तोडफोडसहित भएको घटनाको विषयमा छानबिनको लागि निर्देशन दिएको हो ।

गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई टेलिफोन गरी त्यसबारेमा छानबिन गरि दोषी उपर कारबाही गर्न निर्देशन दिएको गृहका प्रवक्ता जितेन्द्र बस्नेतले लोकपथलाई जानकारी दिए ।

‘सचिवज्यूले प्रहरी प्रमुखलाई सम्पर्क गरि हिजोको घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको छ ।’ बस्नेतले लोकपथसँग भने ।

विभिन्न मागसहित यातायात व्यवसायीसम्बद्ध मजदुर संगठनले सोमबार गोँगबु–नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गरेका थिए । सो क्रममा आन्दोलनकारीले दुई वटा प्रहरीको भ्यानसमेत जलाएका थिए । यता नयाँ बसपार्कमा रहेको लोत्से मलमा तोडफोड समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?