अनेरास्ववियुको महाधिवेशन शुरु, अध्यक्षमा सहमतिको प्रयास जारी

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३औँ महाधिवेशन शुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा महाधिवेशन शुरु भएको छ ।

हरेक ३ वर्षमा हुनुपर्ने महाधिवेशन पार्टी एकता र विभाजनको कारण ७ वर्षपछि हुन लागेको हो ।

दुई दिनसम्म चल्ने महाधिवेशन आज एमाले अध्यक्ष केपी शर्मा ओलीले १२ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

अहिले अध्यक्षमा सहमतिको प्रयास भइरहेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल अध्यक्षको दाबी गरिरहेका छन् ।

उनीहरुबीच सहमति भएमा अन्य पदहरुमा समेत सहमति हुन सक्ने छ । तर अध्यक्षमा सहमतिको सम्भावना कम रहेकोले अन्य पदहरुमा पनि चुनाव नै हुनसक्ने ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?