काठमाडौं । विभिन्न माग राखेर आन्दोलनरत यातायात व्यवसायीहरुले पठाओ राइडरलाई कुटपिट गरेका छन् ।
सोमबार विभिन्न यातायात व्यवसायीहरुले आन्दोलन गरेका थिए । नयाँ बसपार्क र गोँगबु क्षेत्रमा आन्दोलन गरिरहेको अवस्थामा पठाओ चलाएको भन्दै उनीहरुले निर्घात कुटपिट गरेका हुन् ।
सरकारसँग विभिन्न माग राखेर आन्दोलनरत उनीहरुले आज चक्काजाम समेत गरेका थिए । भने भोलि उपत्यकाभर यातायात बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।
सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीको २ वटा गाडी समेत तोडफोड समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया