काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस महाधिवेशन प्रतिनिधि एवं दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधनप्रति दुख व्यक्त गरेको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै उनको निधनप्रति दुख व्यक्त गरेका हुन् ।
गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट पार्टीले एक अनुभवी अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘नेपाली कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं महाबु गाउँपालिकाका अध्यक्ष ७६ वर्षीय लछुमन गुरुङको आज निधन भयो । स्वर्गीय गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अनुभवी अग्रज व्यक्तित्वलाई गुमाएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
उनको ७६ वर्षको उमेरमा आज निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया