सुदूरपश्चिममा कांग्रेसका देउवा र समाजवादीका शाही मन्त्री नियुक्त

लोकपथ
49
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्री मण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार पहिलो चरणमा दुई जनालाई मन्त्री बनाउँदै सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् । प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहसहित अन्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

देउवा कैलाली क्षेत्र नं.५ (ख) बाट नेपाली कांग्रेसको प्रत्यक्षतर्फ निवाचित सांसद हुन् । यस्तै, शाही बाजुरा (क) बाट नेकपा (एकीकृत समाजवादी) को प्रत्यक्षतर्फ निवाचित सांसद हुन् ।

यसअघि नेकपा (एमाले) का तर्फबाट संविधान धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस प्रदेश संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहले पनि नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?