काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक अनिश्चित भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी थियो । यद्यपी आज बस्ने बैठकको समय भने तोकिएको थिएन ।
बैठकबारे अनिश्चित भएको प्रधानमन्त्री प्रचण्डको निजि सचिवालयले जनाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो ।
आजको बैठकमा राष्ट्रपति निर्वाचनको लागि सत्तारुढ दलहरुबाट उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा छलफल हुने बताइए पनि बैठक बस्न नसकेको हो । नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेसँगै लामिछानेको पार्टी सरकारबाट बाहिरिएको थियो ।
त्यसयता, संयन्त्रको बैठक बस्न सकेको छैन । रास्वपाले पाएका मन्त्रालयको जिम्मा अन्य पार्टीका नेताहरूलाई दिने या नदिने भन्ने पनि संयन्त्रमा छलफल गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया