चिकित्सक संघको अध्यक्षमा डा.कार्की निर्वाचित

लोकपथ
14
Shares

काठमाडौं । नेपाल चिकित्सक संघको केन्द्रीय अध्यक्षमा डा.अनिलविक्रम कार्की निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा.कार्कीले ३ हजार ५ सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा.धनबहादुर रानामगरले जानकारी दिए ।

उनका निकटत प्रतिद्वन्द्वी डा.सन्तोष पौडेलले २ हजार ३ यस २३ मत प्राप्त गरेका छन् भने अर्का अध्यक्षका प्रत्यासी डा.शिवजी विक्रम सिलवालले १ सय ९० मत पाएका छन् ।

मधेस प्रदेश उपाध्यक्षमा डा.नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा.प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा.राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा.प्रशान्त भट्ट निर्वाचित भएका छन् ।

यही माघ २२ गतेदेखि भएको मतगणना आज सकिएको हो । यसअघि वरिष्ठ उपाध्यक्षमा डा.बद्री रिजाल, प्रदेश नं १ उपाध्यक्षमा डा.विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा.नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा.केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका थिए ।

महासचिवमा डा.सञ्जिव तिवारी निर्वाचित भएका छन् । संघको सदस्यमा डा.अमृत रञ्जन मिश्र, डा.किशोर कार्की, डा.स्मृति महत, डा.सिर्जना विष्ट, डा.तेङ्सुसिंह मल्ल र डा.योभिन यादव निर्वाचित भएका छन् ।

कोषाध्यक्ष डा.प्रमोद जोशी, सहकोषाध्यक्ष डा.विक्रान्त ढकाल र सहसचिवमा डा.लिजन महर्जन पनि निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमा कूल १२ हजार आठ सय ३४ मध्ये ६ हजार २ सय ९२ मत खसेको छ ।

संघको नयाँ नेतृत्वमा लागि गत माघ ६ गते र ७ गते उपत्यका बाहिरका र उपत्यकामा तीन दिन माघ १९, २० र २१ गते उपत्यकामा निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?