रवि पत्नी निकिता भन्छिन्- ‘मलाई हिम्मतिलो तिमी मन पर्छ’

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले निर्भिक भएर काममा लाग्न सुझाव दिएकी छिन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले आम सञ्चारले जे भने पनि आम मान्छेको काममा लाग्न सुझाव दिएकी हुन् ।

हिजो जनतालाई दुख्दा कराएको आज आफैँलाई दुख्दा कराएको बताइन् । साथै अझै आँट शाहससहित अघि बढ्न सुझाव दिएकी छिन् ।

‘मेरो मान्छे, जनताको मान्छे हो। आम–संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने। भगवानले सधै तिम्रो रक्षा गर्छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?