महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ सुगमबस्ती निवासी सादिम आलमकी ६ वर्षीया छोरी गुवालसा खातुनको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।
सोमबार जिल्ला अदालत महोत्तरीका न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले सो फैसला गरेको हो । बालिका हत्यामा दोषी ठहर भएका महोत्तरीले बर्दिबास– १४ सुगमबस्तीमै घर रहेका अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले उनलाई आजीवन काराबास र पीडितलाई एक लाख क्षतिपूर्तिसमेत दिन आदेश भएको जानकारी दिए । साहमाथि अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दा लगाइएको थियो ।
०७७ साल मंसिर ७ गते आइतबार साझ बर्दिबास १४ सुगमबस्ती बस्ने सादिम आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुन घर अगाडिबाटै हराएकी थिइन् । उनको शव सोमबार मध्यरातमा भेटिएको थियो । सोही बेला दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बर्दिबासका स्थानीयले आन्दोलन चर्काएका थिए ।
आन्दोलन नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड गोली चलाएको थियो । सोही क्रममा बर्दिबास–१ का सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया