हातहतियारसहित ५ जना पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । हातहतियारसहित विभिन्न स्थानबाट ५ जना पक्राउ परेका छन् ।

झापा, मेचीनगर नगरपालिका(६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित भारत घर भएका २० वर्षीय ओम साह समेत ४ जना भारतीय नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्ड सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ६० वर्षीय फुल बहादुर लामालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सन्दर्भमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?