काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले कार्यभार सम्हालेकी छिन् ।
मंगलबार दिउँसो सिंहदरबारस्थित कार्यालयमा कार्यभार सम्हालेकी हुन् ।
सोमबार निर्वाचित भएकी अर्यालले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेकी थिइन् । शपथग्रहण पश्चात उनले कार्यभार सम्हालेकी हुन् ।
कार्यभार सम्हालेपछि उनले संघीय संसदमा महिला सांसदहरुको लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन् ।
आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राष्ट्रिय सभा अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया