संसद्मा बोलेका कुराको सम्बोधन गर्न सांसदको माग

लोकपथ
35
Shares
sf7df8f}F, % df3M k|ltlglw;ef a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú pkk|wfgdGqLx?,ljleGg bnsf zLif{ g]tfx?nufot ;f+;b . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सदनमा बोलका कुराले अर्थ र महत्व राख्छ भन्दै सरकारले उठेका विषयलाई सम्बोधन गर्न के कस्ता पाइला चाल्यो भन्ने प्रश्न राखे। उनले भने, “लाखौँ मेट्रिक्टन मल आएको जानकारी दिए पनि किसानले पाइरहेको छैन । कालाबजारी र वितरण प्रणाली सुधारमा के काम भयो रु सदनमा हामी बोलि नै रहेका हुन्छौँ । सदनमा उठेको विषयको जवाफ र कारबाही भए नभएकाबारे जानकारी हुनुपर्छ ।” उनले नागरिकता प्रदान गर्ने प्रतिबद्धताका विषयमा प्रश्न गरे ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सदनमा राष्ट्रिय महत्वका विषयमा आवाज उठाउन सबै सदस्यका लागि निश्चित समय तोक्नपर्ने बताए। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको विद्युत् सस्तो मूल्यमा भारतलाई बेच्ने र महँगो मूल्यमा विद्युत् खरिद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने सरकारको ध्यानाकर्षण गरे। उनले सूचना लुकाउनेमाथि कारबाही हुनुपर्ने बताए।

नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले नेपाली कांग्रेस नेतृत्वको सरकारले नागरिकलाई समयमै कोरोना विरुद्धको खोप लगाएको तथा समयमै निर्वाचन गराएर देशलाई पुरानो लयमा फर्काउन सफल भएको दाबी गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले मुलुकमा व्यवस्था परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताए । उनले किसानका समस्याप्रति ध्यानाकर्षण गराउँदै कृषिमा बिचौलियालाई नियन्त्रणमा लिन माग गरे। उनले किसानले कृषिजन्य उपजको मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका वीरेन्द्र महतोले किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग गर्नुभयो । उनले भने, “किसानले आफ्ना कृषि उपज सडकमा फाल्न बाध्य छन् । मल किन्न पाएका छैनन्, यो अवस्थाको अन्त्य हुनुप¥यो ।” उहाँले नागरिकताको अधिकार कुण्ठित हुन नदिन तत्काल नागरिकता विधेयक पास गर्न माग गरे।

नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीले पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वको आर्थिक विकास उनले भनेजस्तो नभएको दाबी गरे।

लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरीले वन मन्त्रालयअन्तर्गतको समितिको परियोजनाका कर्मचारीले तलब नपाएको बताए। उनले तराईका विभिन्न स्थानमा सुविधा सम्पन्न सहर बनाउन माग गरे।

नेकपा(माओवादी केन्द्र) का छिरिङल्हामु लामा (तामाङ( ले फलफूल र जडिबुटी उत्पादनका हिसाबले महत्वपूर्ण रहेको जुम्लामा त्यसको बजार नभएका कारण किसानले भोग्दै आएका समस्या समाधान गर्न माग गरे।

नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले रामेछाप जिल्लाको उमाकुण्डमा लागेको डढेलोबाट लोपोउन्मुख वन्यजन्तु प्रभावित भएकाले समयमै डढेलो नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

कांग्रेसका नागिना यादवले रासायनिक मलको बढ्दो मागअनुसार आपूर्ति नहुँदा किसान मर्कामा परेको बताए। अवैध रुपमा भित्रिने मललाई नियन्त्रण गर्न उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?