अहिलेको प्रधानमन्त्री नै ओली हुन् : चित्रबहादुर केसी

लोकपथ
208
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रधानमन्त्री नै केपी ओली भएको टिप्पणी गरेका छन् ।

संसद बैठकलाई सम्बोधन गर्दै केसीले पुष्पकमल दाहाल प्रचण्ड त थपना जस्तो भएको भन्दै ओली नै वास्तविक प्रधानमन्त्री भएको उल्लेख गरे । एमाले अध्यक्ष ओलीले संसदमा बालेको विषयलाई लिएर नेता केसीले भने, ‘आकाश पातालको जति कुरा गरे पनि हामीले नचिनेको हौं र ?’

अदालतले गरेका निर्णयहरुको आलोचना गरेकामा आपत्ति जनाउँदै नेता केसीले रवि लामिछानेको नागरिकता प्रकरणसँग जोडेर प्रवासी नेपालीप्रति गोहीको आँशु चुहाएको टिप्पणी पनि गरे । प्रधानमन्त्री दाहालले राष्ट्रपति चयनका सन्दर्भमा कांग्रेससमेतलाई मिलाउन खाजेपछि ओली आतंकित बनेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?