स्वतः विजयीको माग गर्दै कांग्रेस नेता श्रेष्ठ पुगे निर्वाचन आयोग

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ निर्वाचन आयोगमा पुगेका छन् ।

चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि आफू दोस्रो स्थानमा रहेकाले स्वतः विजयीको माग गर्दै नेता उमेश श्रेष्ठ आयोग पुगेका हुन् ।

निवेदन बुझाएर आयोगबाट बाहिरिँदै श्रेष्ठले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने बताएका छन् ।गत निर्वाचनमा श्रेष्ठले  १४ हजार ९८८ मत मात्र पाएका थिए भने रवि  लामिछानेले ४९ हजार ३०० मत पाएका भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?