काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट एक समूहले विद्रोह गर्ने भएको छ । सो पार्टीका उपाध्यक्ष लाक्पा तामाङ समूहले पार्टी परित्याग गरेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने तयारी गरेको हो ।
त्यसका लागि लाक्पा समूहले आइतबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । लाक्पाले आफूहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेको जानकारी दिँदै राप्रपा नेपालको अब औचित्य सकिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया