कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
7
Shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका धेरै भूभागहरुमा हुस्सु तथ कुहिरो लागेको छ।

यस्तै प्रदेश नम्बरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?