काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बोलाइएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ ।
बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरूको उपस्थिति रहेको छ । राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको हो । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ भने राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि तय भएको छ ।
विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार तय गर्न बैठक बसेको हो । नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवारमा भने अझै टुंगो लाग्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया