गृहमन्त्री नपाउने भएपछि रविले भने- ‘मेरो मौनता आज सम्मका लागि मात्रै’

लोकपथ
182
Shares
फाइल तस्बिर

काठमाडाैं । सर्वोच्च अदालतको फैसलासँगै गृहमन्त्री पार्टी अध्यक्ष र सांसद पद गुमाएका रवि लामिछानेले आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू अभिमन्यु नभएको समेत बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

सर्वोच्च अदालतले उनले कानूनअनुसार, पुनः नेपाली नागरिकता प्राप्त नगरेकाले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन योग्य नरहेको सर्वोच्चको ठहर गरेको थियो । उनले हाल पुनः नेपाली नागरिकता प्राप्त गरेका छन् ।

उनले आफूले पुन: गृहमन्त्रीको पद पाउनुपर्ने भन्दै निकैभाग दौड गरिरहेका छन् । उनले आफूले गृहमन्त्रालय नपाएसरकारलाई दिएको समर्थनफिर्ता लिनेसम्मको चेतावनी दिइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भने उनलाई गृहमन्त्रालय नदिने होडमा रहेका छन् । यसैबीच उनले यो फेसबुक स्ट्याटसलेखेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?