कांग्रेस सभापतिले एकलौटी विभाग गठन गरेको आरोप

लोकपथ
63
Shares

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एकलौटी रुपमा विभागहरुमा मनोनयन गरेको आरोप लागेको छ । सभापति पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू मनोनित गर्दा सल्लाह नगरी आफू अनुकल गरेको आरोप लागेको हो ।

प्रदेश सदस्य मोती भण्डारीले आफू जस्तै धेरै प्रदेश सदस्यहरु असन्तुष्ट रहेको बताए । उनले विगतमा पनि सभापतिले स्थानीय तह देखि प्रदेशको टिकट वितरणमा एकलौटी गरेको आरोप लगाउँदै अहिले पनि सोही गलत प्रवृत्ति दोहोरिएको बताए ।

लुम्बिनी प्रदेशमा अनुसार ३४ वटा विभाग गठन गर्न मिल्ने छ। त्यसमा २१ विभाग गठन भइसकेपनि १३ विभागले भने पूर्णता पाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?