काठमाडौं । ११ बजेलाई बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक ५ घण्टा सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यवस्तताले बैठउक सरेको नेताहरुले बताएका छन् ।
‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ’, माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले भने,‘शीर्ष नेताको कार्यव्यस्तताले सार्नुपरेको हो ।’
आजको बैठकमा माओवादीले तीन महिना कार्यायोजना लिएर नेताहरु जनताका घरदैलोमा जाने निर्णय गर्नेछ । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समिक्षा, विभागहरुको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया