काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने बैठकले राष्ट्रियसभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल र निर्णय गर्ने मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएपछि उपाध्यक्ष पद रिक्त छ ।
सत्ता साझेदार दलबाट भने माओवादी केन्द्रले सो पदमा उम्मेदवारी दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया