हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं : सांसद जबरा

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् धवलशमशेर जबराले राप्रपालाई होच्याउने काम नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् जबराले राप्रपालाई प्रहार नगर्न अन्य राजनीतिक दलका सांसद्लाई आग्रह गरेका हुन् ।

जवराले भने, ‘राप्रपा माथि प्रहार भयो । राप्रपा सानो होला तर, हामी नेपाली जनताको मनमा भिजेका छौं । सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौं ।’

आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको बताउँदै जबराले भने, ‘त्यो कुरा संविधानले रोक्दैन । बोल्न पाउनुपर्छ । हामीलाई हेप्ने र होच्याउने काम नहोस् । समयमा कार्यान्वयन हुन्छ । यही व्यवस्था र संविधानभित्र रहेर हामी यहाँ आएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?