काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले हतारिएर सरकारमा जाँदा गल्ती भएको स्वीकार गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता कार्कीले अहिले आफ्नो दलले गृह मन्त्रालयका लागि गरिरहेको बार्गेनिङलाई केही गल्ती हुन लागेको टिप्पणी गरेका छन् । रास्वपा विस्तारै विवादमा फस्दै गएकोप्रति संकेत गर्दै त्यस्तो दिनको प्रतिक्षामा नभए पनि अहिले त्यस्तै अवस्था भोग्नुपर्ने अवस्था आएको बताए ।
‘यस्ता दिनको त हामीलाई अपेक्षा नै थिएन । यस्ता दिन त हामीले चाहेकै थिएनौँ । तर भोगिरहेका छौँ ।’ उनले भने, ‘राजनितिकरुपमा नै केहि गल्ति त हामीबाट भएकै छ । केहि गल्ति हामीबाट हुन लागेकै छ ।’
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले विधि मिचिने भन्दै रास्वपालाई गृह मन्त्रालयको जिम्मेवारी दिन गरेको आनाकानीबारे समेत कटाक्ष गरेका छन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई गृह मन्त्रालय नै दिएर सरकारमा राख्ने पूर्व सहमती रहेको भन्दै सहानुभूति देखाउनुपर्ने अवस्थामा पार्टी पुगेको टिप्पणी गरेका छन् ।
‘हामीलाई हेरेर ’प्रचण्ड’हरुले बिधि र नैतिकताको कुरा गर्ने । हामीलाई’ ओली’हरुले समर्थन र सदभाव देखाउनु पर्ने ।’ उनले भनेका छन् ।
नागरिकता विवादबारे सर्वोच्चको फैसलापछि रास्वपाले पाएको गृहमन्त्री पद फुत्किएको छ । यता प्रधानमन्त्रीले भने अब रास्वपालाई गृहमन्त्री पद दिन आनाकानी गरिरहेका छन् । यता रास्वपाका अध्यक्ष एवं निर्वतमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बार्गेनिङ गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया