काठमाडौं । ८७ वटा नीतिगत विषय गोप्य राख्ने गरी गरेको सूचना वर्गीकरण समितिको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।
सो विषयमा विवाद देखिएपछि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गरेका थिए । त्यससँगै सो निर्णय तत्काल लागू नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध शुरु भएको थियो ।
त्यससँगै सो निर्णयबाट सरकार पछि हटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया