नेपालमा नुल्यान्डको दौडधुप, प्रधानमन्त्रीपछि ओलीसँग भेटघाट

लोकपथ
70
Shares

काठमाडौं । अमेरिकाका कुटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकी छिन् ।

सोमबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय कार्यालयमा भेटघाट भएको हो ।

May be an image of 7 people and people standing

भेटघाटमा नेपाल र अमेरिकाबीचको द्ीवपक्षीय सम्बन्धका विषयसहित समसामयीक राजनीतिक विषयमा समेत छलफल भएको थियो ।

आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी थिइन् । आजै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?