अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

लोकपथ
49
Shares

बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रम मार्फत उनी पार्टीमा प्रवेश गरेकी हुन् ।

गौतमलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पाटीमा प्रवेश गराउँदै स्वागत गरेकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । तर, पार्टी प्रवेश गरेपनि गौतमलाई दिइने जिम्मेवारी भने टुंगो नलागेको बताएको छ । उनलाई उच्च तहको जिम्मेवारी दिइने चर्चा छ ।

एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?