काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधान अन्तर्गत नै हल गरेर अघि बढन आफूहरु सक्षम रहेको पनि पटकपटक दोहो¥याए ।
शहिद दिवसको अवसर पारेर नेकपा (एमाले) ले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए ।
संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो । उपाध्यक्ष नेम्वाङले भने, ‘अहिले भर्खरका पनि घटनाक्रमहरु छन् । हाम्रो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो । यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तर्गत हामी राजनीतिक दलहरुलाई यसलाई एउटा टुंगोमा पु¥याउन सक्षम छौं । यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन ।’
उनले मिश्रित निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको बताए । उनले भने, ‘संविधानसभाको अध्यक्षको कुर्सीबाट त्यो संविधानलाई जारी गरिरहँदा मैले भनेको थिए–हामीले राम्रो संविधान, समझदारीको संविधान, हाम्रा दलहरुको बुद्धिमानीको परिणाम यो संविधान हामीले बनायौं । जारी ग¥यौं । यसलाई कार्यान्वयन गर्न पर्छ । तर यो संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा जिम्मेवारी भनेको हाम्रो हो ।’
उनले देशमा जुनसुकै समस्या भएपनि संविधान अन्तर्गत रहेर समाधान गर्ने बताए । ‘अप्ठ्यारा, कमीकमजोरीका बाबजुद यीनै दल र दलका नेताहरुले देशलाई यो ठाउँसम्म ल्याई पु¥याएका हुन् ।’ उनले भने, ‘कमीकमजोरीको बाबजुत यी र यीनै दलका नेताहरुले देशलाई एउटा सकारात्मक निष्कर्षमा पु¥याउँछन् । सबै दलले मिलेर संविधानलाई बुद्धिमानीपूर्वक कार्यान्वयन गर्दै जाउँ । समयसापेक्षा परिमार्जन गर्दै जाउँ ।’
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्व समक्ष रहेको बताए । उनले नेपालको संविधान शहीदहरुको भावना अनुसार बनेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया