जानकी मन्दिरमा भएको भ्रष्टाचारको छानबिन गर्छु : सांसद मनिष झा

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिरमा भएको भ्रष्टाचारको छानबिन गर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै इतिहास बोकेको जनकपुर मन्दिरमा ढुङ्गाको टायल फेर्न आवश्यक नै नभएको बताउदै स्वच्छता र सौन्दर्यीकरण अभियानको नाममा व्याप्त भ्रष्टाचार गर्नको लागी त्यसो गरिएको उललेख गरेका छन् ।

उनले आफू मन्दिर भ्रमणका लागि पुग्दा भर्खर लगाएको मार्बल फुट्न थालेको मन्दिरको पछाडि तिरको बत्ती झर्न थालेको उल्लेख गरेका छन् ।

उनले फेसबुकमालेखेका छन्- ‘जनकपुर आएर जानकी मन्दिर पुगे। भर्खर लगाएको मार्बल फुट्न थाली सकेछ। मन्दिरको पछाडि तिरको बत्ती झर्न थालिसकेछ। मन्दिरमा धरी भ्रष्टाचार गर्न छोडेनन्। इतिहास बोकेको ढुङ्गाको टायल फेर्न आवश्यक नै थिएन तर स्वच्छता र सौन्दर्यीकरण अभियानको नाममा व्याप्त भ्रष्टाचार गर्नको लागी त्यसो गरेको रहेछ। प्रतिनिधि सभा सदस्यको रूपमा, जानकी मन्दिरको मार्बल र बत्ती जडानमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन मेरो पहिलो कर्तव्य हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?