कर्णालीका सभामुख गुरुङद्वारा पार्टी सदस्यता परित्याग

लोकपथ
14
Shares
;efd’v u’?ª a}7ssf] cWoIftf ub}{ ;’v]{t ^ df3 M s0ff{nL k|b]z;efsf] z’qmaf/ a;]sf] a}7ssf] cWoIftf ub}{ k|b]z ;efd’v gGbf u’?ª . tl:j/M ;’/]z cfrfo{÷/f;;

कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् । सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् ।

उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिइन् । जारी विज्ञप्तिमार्फत सभामुख गुरुङले भनेकी छन्, ‘सभामुख पदका हिसाबले साझा भूमिकामा रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।’

सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेकी छन् । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । हाल उनी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?