काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको केन्द्रीय समितिको आकार बढाएर गठन हुने बताएका छन् ।
भ्रातृ संस्थाका बारेमा छलफल गर्न बुधबार नेता शेखर कोइराला पक्षका तीन पूर्व विद्यार्थी नेता रञ्जित कर्ण, सुवास पोखरेल, मनोजमणि आचार्य धुम्बाराही पुगेका थिए ।
उक्त छलफलमा देउवाले भ्रातृ संस्थाको केन्द्रीय समितिको आकार बढाएर गठन गर्ने बताएका हुन् । २५१ देखि ३०० सम्म हुने गरि नेविसंघको केन्द्रीय समिति बनाउन पूर्व विद्यार्थी नेताहरुले सभापति देउवालाई सुझाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया