प्रेम आचार्यको आत्मदाहमा गृहमन्त्री लामिछानेले भने-‘म दोषी छु’

लोकपथ
336
Shares
{“caption”:”u0909u092au092au094du0930u0927u093eu0928 u0924u0925u093e u0917u0943u0939u092eu0928u094du0924u094du0930u0940 u0930u0935u093f u0932u093eu092eu093fu091bu093eu0928u0947 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताएका छन् । गृहमन्त्री लामिछानेले आफ्नो सामाजिक सञ्जालमा लेख्दै प्रेम आचार्यको आत्मदाहामा आफू दोषी रहेको स्वीकार गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’

प्रेम आचार्यले संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका थिए ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?