उपसभामुख रानाद्वारा पदबहाली

लोकपथ
14
Shares
??????????? ???????? ??????? ???? ??????? ?????????????? ?????????? ??????? ?????????? ? ??????? ???? ???????/ ????

काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेकी हुन् ।

उनलाई संसद् सचिवलयका महासचिव डा.भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए । उनी यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी थिइन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिमरेसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको समारोहकाबीच सभामुख घिमिरेसमक्ष उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सभारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखको राना शनिबार निर्वाचित भएकी थिइन् । उपसभामुख भएपछि उनी पार्टीबाट अलग भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?