काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले पार्टीका उपमहासचिव गजुरेललाई आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणले लोकपथलाई जानकारी दिए ।
आलोचनात्मक चेत भएका गजुरेललाई यसअघि नै प्रचण्डले गजुरेललाई यसअघि नै आफ्नो राजनीतिक सल्लाहकार बनाउन प्रस्ताव समेत गरेका थिए ।
सिन्धुलीबाट प्रतिनिधिमा प्रतिनिधित्व गर्ने गजुरेल गत निर्वाचनमा भने निर्वाचन क्षेत्र नै छाड्नुपरेको थियो । जसबाट असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले मुख्य सल्लाहकार बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया