नेपालमा आफ्नो संचालनकालको ५० औं वर्ष सम्पन्न गरी ५१ वर्षमा प्रवेश गरेको अवसरमा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले यही मंसिर १८, २०७५ का दिन होटेल साँग्रिलामा आयोजित एक इभेन्ट मार्फत आफ्नो सफलताको खुसी व्यक्त गरेको छ ।
नेपालमा आफ्नो संचालनकालको ५० औं वर्षको अवसरमा थाई एअरवेज ईन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले २०१८ भरि विभिन्न सामाजिक कार्यक्रमहरु गरेको थियो जसमध्य योग्य तथा आवश्यक बालबालिकाहरुलाई नेपालका यूवा आइडलहरुको साथ मनोरञ्जनात्मक तथा शिक्षात्मक टुर आयोजना गरेको थियो । भाद्र ८ गते देखि भाद्र १२, २०७५ सम्म भएको यस फेमिलियराइजसन ट्रिपमा थाईल्याण्डको बैंकक, समुट संगखर्म र हुवा–हिनमा आयोजना गरिएको थियो । सहभागी युवाहरुले असोज ९ गतेका दिन होटेल रोयल सिंघीमा एक कार्यक्रममार्फत मिडियासंँग आफ्नो यात्राको अनुभवहरु अभिव्यक्त गरेका थिए ।
त्यसैगरी थाई एअरवेजले कपनमा अवस्थित बाल अपाङ्ग टेवा संस्थामा असार ९, २०७५ का दिन अपाङ्ग बालबालिकाहरुका लागि एक कार्यक्रम आयोजना गरेको थियो । थाईले निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आएको छ जस अन्तर्गत हरेक वर्ष जुलाई ३१ गतेका दिन रक्तदान, आँखा सर्जरी क्याम्प, कार्डियो चेक–अप, हेल्थक्याम्प जस्ता स्वास्थ्यजनक कार्यक्रमहरु हुने गर्दछ भने थाईले अनाथ विद्यालयहरुमा बालबालिकाहरुलाई पनि स्टेश्नरी सामानहरु प्रदान गर्दै आएको छ ।
सन् १९६८, डिसेम्बर ४ गते थाईले पहिलो पटक नेपालमा आफ्नो उडान भरेको थियो । प्यासेन्जर जेट नेपालमा भित्राउन पहिलो उडान समेत रहेको यस थाई एअरलाईनले नेपाललाई विश्वका अन्य भागहरुमा समेत परिचित बनाएको थियो । गराएको छ । शुरुवाती दिनहरुमा साप्ताहिक रुपमा उडान भर्ने थाईले बिस्तारै बढ्दो मागसँगै आफ्नो उडानको संख्या बढाएको थियो ।
सन् १९८५, फ्रेबुअरीमा काठमाडौंमा कम्पुटरको माध्यमबाट रिर्जभ गर्ने पहिलो एअरलाईन्सको रुपमा थाई स्थापित भएको थाईले विभिन्न ट्राभल एजेन्टहरुलाई समेत सन् १९९० देखि यो सेवा प्रदान गर्दै आएको छ । थाईले निरन्तर रुपमा विभिन्न नयाँ गन्तव्यतर्फ आफ्नो रुट विस्तार गर्दै आएको छ । थाईको आफ्नै सिल्कक्लास लन्ज, आफ्नै ग्राउण्ड ह्यान्डलिङ्ग सर्भिस, रोयल अर्किड होलिडे प्याकेज, आफ्नै टेक्निकल ह्यान्डलिङ्ग सर्भिस र फस्ट इन–फ्लाइट म्याजेजिन– सवादी ले समेत थाईमा थप र नयाँ आयाम जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया