रामसागर बहुमुखी क्याम्पसमा विद्यार्थीले लगाए ताला

जनकपुर । नियमित पठनपाठनको माग गर्दै जनकपुर स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कनुपर्ने बाध्यता रहेको तथा आफूहरुको भविष्य अन्धकार तर्फ धकेलिएकाले  प्रशासनको ध्यानाकर्षणका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको विद्यार्थी कुलदीप साहले बताए । 

यसैगरी क्यामपसका सहायक प्रमुख रामनरेश ठाकुरले सम्बन्धित बिषयको शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताए । 

विषयगत शिक्षक नभएर पठनपाठन प्रभावित हुँदा पनि क्याम्पस प्रमुख विजय लाल कायस्थले समस्या समाधान गर्न चासो नदेखाएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?