तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार

काठमाडौं । काठमाडौं–९, तिलगंगामा कपडा व्यवसायी ३० वर्षीया मिला वाग्लेमाथि खुकुरी प्रहार भएको छ ।

सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै  वाग्लेमाथि खुकुरी प्रहार भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतको बिहार घर भइ हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ । 

सोमबार दिउँसो वाग्लेमाथि खुकुरी प्रहार भएलगत्तै उनलाई ओम अस्पताल लगिएको थियो र उनको उपचार जारी छ । 

प्रहरिका अनुसार अहिले उनी खतरामुक्त छिन् ।  

घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?