मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बेझाड ।  तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३० प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए ।

मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?