काठमाडौं । आरआर क्याम्पसमा विद्यार्थी संगठनका नेताहरुबीच झडप भएको छ । स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप भएको हो ।
अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश राज मैनालीले लोकपथलाई जानकारी दिए ।
‘झडपमा दुई विद्यार्थी नेताहरु घाइते भएका छन् । घाइतेहरुको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।’ प्रवक्ता मैनालीले भने ।
संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया