काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
एमालेसहितको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि ओली प्रचण्ड शीतल निवास पुगेका हुन् ।
प्रचण्ड र ओली शीतल निवासमा
नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित ओलीप्रचण्डसहितका नेताहरु शीतलनिवास पुगेका हुन् ।
ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ५ दलबीचमा सहमति भएसँगै आइतबार पाँच बजेअघि नेताहरु शीतल निवास पुगेका हुन् ।
प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधामन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया