कांग्रेसमा ‘भष्मासूर’ निर्णयको कारक सभापति देउवाः नेता केसी

लोकपथ
637
Shares

काठमाडौं । नेपाली कांग्रेस सत्ताबाट सम्पूर्ण रुपमा विमुख हुनपर्ने अवस्था आउने निर्णय गरिनु ‘भष्मासूर’ प्रवृत्ति भन्दै पार्टीभित्रै आलोचना भएको छ । सरकार बनाउने जस्तो विषयको छलफलमा पार्टीभित्रको अर्को पक्षलाई पूर्ण निषेध गरेर गएकामा पनि संस्थापन इतर पक्षले आपत्ति जनाएको हो ।

सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्नकै लागि पार्टीलाई सत्ताबाट सडकमा पु¥याएको आरोप उक्त पक्षको छ । यसको सम्पूर्ण जिममवारी सभापति देउवाले लिनुपर्ने नेता अर्जुननरसिंह केसीले लोकपथलाई बताए । सरकार निर्माण जस्तो महत्वपूर्ण बैठकमा महामन्त्रीलगायत पदाधिकारीसम्मलाई सहभागि नगराई एकलौटी गर्न खोज्दा यस्तो दूर्भाग्यपूर्ण अवस्था आएको केसीले बताए ।

कार्यसम्पादनदेखि संसदीय समितिमा रहेका नेताहरुलाई पनि सहभागि नगराई एकलौटी गर्न खोज्दा त्यसको परिणाम आएको हो, उनले भने ।प्रधानमन्त्री प्रचण्डलाई दिएर राष्ट्रपति, सभामुखलगायतका पद पार्टीले राखेर भए पनि अहिलेको गठबन्धन जोगाउनुपर्नेमा सभापति देउवाले आफू प्रधानमन्त्री बन्ने बाहेक सबै विषयलाई भड्खालोमा हालेको नेता केसीको भनाइ छ ।

माओवादी एमालेसँग गठबन्धन गर्न गएसँगै अब कांग्रेस केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?