कर्णाली : कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो ।

दलको नेतामा राजीवविक्रम शाहीको पनि दाबी रहेको थियो । यद्यपि उनले जीवनबहादुर शाहीलाई नै समर्थन गरेका छन् । दलको नेतामा एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत चयन भएका हुन् ।

जीवनबहादुर शाही हाल कर्णालीको मुख्यमन्त्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?