काठमाडौं । कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज १ सय २५ दिन भएको छ ।
गत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी निर्मलाका आमा दुर्गादेवी पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्नामा बसेका थिए ।
तर, पछिल्लो दिनयता निर्मलाका बुबा यज्ञराज पन्त मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका थिए । यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालमा आइसियूमा भर्ना गरिएकोे छ ।
सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए भने सरकारलाई तीन हप्ते गतेसम्मको अल्टिमेटम दिएका थिए ।
डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका छन् ।तर आज उनी महेन्द्रनगरस्थित धर्ना स्थल पुगेका छन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा. केसीको चेतावनी दिएका थिए ।
साथीको घर पढ्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया